शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सर्वदलीय बैठक : को–को उपस्थित भए ?

बिहिबार, असोज १४ २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा ‘सर्वदलीय’ बैठक शुरु भएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूको बैठक बसेको हो ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसाल र उपाध्यक्ष राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, जनमोर्चाका दुर्गा पौडेल र नेमकिपका नेता प्रेम सुवाललगायत बैठकमा सहभागी छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता भने बैठकमा सहभागी भएनन् । एमाले नेताले सर्वदलीय बैठक बहिष्कार गरेका हुन् । नेकपा एकीकृत समाजवादी सहभागी हुने वैठकमा आफूहरु उपस्थित हुन नसक्ने नेकपा एमालेले जवाफ दिएको छ ।