बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ट्राफिक प्रहरीलाई विद्युतीय स्कुटर हस्तान्तरण

बिहिबार, असोज १४ २०७८

काठमाडौँ l वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आज एक कार्यक्रमवीच ट्राफिक प्रहरीलाई एउटा विद्युतिय स्कुटर प्रदान गरेको छ ।

वल्र्डलिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले बिद्युतिय स्कुटर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेकाहुन ।  

एसएसपी भट्टराईले वल्र्डलिंकलाई धन्यवाद दिदै प्राप्त स्कुटरलाई सार्वजनिक सवारी साधनहरूमा छुट्याईएको आरक्षण सिट, सवारी भाडा, स्वास्थ्य मापदण्ड कार्यान्वयनको अनुगमन तथा ट्राफिक व्यवस्थापन गर्न २ जना महिला ट्राफिक प्रहरी परिचालन गरिने बताए ।

स्कुटरलाई भरपुर उपयोग गरी ट्राफिक प्रहरीको काम कारबाहीमा प्रयोग गरिने छ, यसले थप प्रभावकारी रुपमा काम गर्न सहयोग गर्ने र सडक व्यवस्थापन तथा अनुगमनमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे । 

स्कुटरको चावी हस्तान्तरण गर्दे वल्र्डलिंकका कार्यकारी निर्देशक अग्रवालले दैनिक सडक प्रयोगमा हुने समस्यालाई समाधान गर्न स्कुटरको प्रयोगबाट थप सहयोगी भुमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग अझै सहकार्य गर्दे जाने बताए । उनले वातावरणमैत्री स्कुटरले ध्वनी प्रदुषण तथा वातावरण प्रदुषणमा समेत योगदान गर्ने बताए । 

उक्त कार्यक्रममा महाशाखाका उच्च प्रहरी अधिकृत तथा वर्ल्डलिंकका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।