शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अमेरिका जान नक्कली प्रमाणपत्र बनाउने पक्राउ

बुधबार, असोज १३ २०७८

काठमाडौँ l अमेरिकाको डिभी परेपछि प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने र त्यो बनाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन लगाउने चितवनको भरतपुर स्थायी घर भएका ३६ वर्षीय जीवन कार्कीसहित प्रमाणपत्र बनाउने कार्यमा संलग्न भएको आरोपमा चितवनकै खैरेनीका ३१ वर्षीय नवीन दराई र रौतहटको चन्द्रपुरका ३२ वर्षीय शिव रोक्कालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार डिभी परेपछि जीवनले नवीनलाई एक लाख ७० हजार तिरेर नक्कली शैक्षिक प्रमाणपत्र बनाउन लगाएका थिए। अमेरिकी दूतावासले शंका लागेपछि आवश्यक अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेको थियो।