काठमाडौँ l बुधबार साताको चौथो कारोबारको दिन बजारमा तीव्र उतारचडाव भैरहदा पनि लगानीकर्ता भने नेपाल बैंकको सर्वाधिक शेयरमा झुमिरहेका छन् l बुधवार बजार खुलेको केही समय मै नेपाल बैंकको सर्वाधिक शेयर खरीद विक्री भएको छ ।
बुधबार कारोबारमा आएका २११ ओटा धितोपत्रमध्ये बैंकको रू. ९ करोड २६ लाख ४६ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म उक्त बैंकको शेयरमूल्य प्रतिकित्ता रू.४८८ मा कारोबार भइरहेको छ ।