शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ 

बुधबार, असोज १३ २०७८

काठमाडौँ l काठमाडौं, कीर्तिपुर नगरपालिका–६ आदिनाथ मन्दिर जाने बाटोबाट करिब १ किलो अवैध लागूऔषध पोल्याण्ड सहित सोही नगरपालिका–९ बस्ने मकवानपुर थाहा नगरपालिका–११ भर भएका १७ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पोल्याण्ड सहित फेला पारी पक्राउ गरेको हो । 

झापाको बिर्तामोड नगरपालिका–१ बाट १ सय ४६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर, नगद २ लाख ६९ हजार ३ सय रुपैयाँ, १ थान डिजिटल तराजु र १ थान क्यामेरा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कन्काई नगरपालिका–९ बस्ने २६ वर्षीय टेकराज साह र सोही ठाउँ बस्ने २४ वर्षीय बिकाश मर्डि रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले बिर्तामोड नगरपालिका–१ पन्चकन्या प्लिटिङको पन्चकन्या प्लटिङबाट साहको साथबाट ०.५ मिलिग्राम र मर्डिको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा मर्डिको बिर्तामोड नगरपालिका–१ स्थित कोठाबाट थप १ सय ४२ ग्राम ३७ मिलिग्राम ब्राउनसुगर समेत गरी उक्त परिमाणको ब्राउनसुगर र नगद फेला पारेको हो । उनीहरु उपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लाई कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाईन डेरा गरी बस्ने २० वर्षीय अरमान खानलाई ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र २ थान मोबाइल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागूऔषधको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

दाङको तुलसीपुर उपमहानगरपालिका–११ जसपुरस्थित सडकबाट ४ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दंगिशरण गाउँपालिका–२ बस्ने १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो । रा.२ प ८४५५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।