काठमाडौँ l नेप्से एकै दिन ७० अंकले घटेको छ । आज मंगलबार नेप्से ७० दसमलव एक अंकले घटेर २६ सय १५ दसमलव ४० अंकमा झरेकोमा सेन्सिटिभ पनि ११ दसमलव ४२ अंकले घटेर चार सय ९४ दसमलव ९१ अंकमा झरेको छ ।
आज दुई सय १८ वटा कम्पनीहरुको ७५ हजार तीन सय ७४ पटकको कारोवारमा एक करोड ३० लाख ३४ हजार आठ सय २८ कित्ता सेयर किनबेच हुंदा कुल सेयर कारोवार रकम पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार एक सय ७९ रुपैयाँ पुगेको छ ।
१३ वटा समुहको कारोवार भएकोमा आज सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैक समुहको सुचक ३६ दसमलव तीन अंकले घटेर १८ सय ६९ दसमलव ७१ अंकमा झर्दा फाईनान्स समुहको सुचक एक सय ७५ दसमलव ५९ अंकले घटेर दुई हजार दुई सय २० दसमलव ३४ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मनकामना स्मार्ट लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल हाईड्रो डेभलपर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि पहिलो स्थानमा कुमारी बैंक नै परेको छ ।