काठमाडौं । साताको तेस्रो दिन मंगलवार पनि बजार खुलेको बजारमा पहिरो गएको छ l यस अवधिमा नेपाल हाइड्रोसहित ३ कम्पनीको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
नेपाल हाइड्रो र हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार १० प्रतिशत साथै गोर्खाज फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो ।
नेपाल हाइड्रोको शेयरमूल्य प्रतिकित्ता रू. ४५९, हिमालयन पावर पार्टनरको प्रतिकित्ता रू. ४३७ दशमलव ६ र गोर्खाज फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू.९२३ दशमलव ३ मा झरेको छ । कम्पनीको शेयरमा क्रेताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो ।