शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

प्रेम आलेको मन्त्री पद पक्का, मन्त्रालय कुन ?

मंगलबार, असोज १२ २०७८

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सरकारमा सहभागी हुने पार्टीका नेताहरूको नाम टुंगो लगाएका छन् । सत्तापक्षीय गठबन्धनले नेकपा (एकीकृत समाजवादी) लाई ६ वटा मन्त्रालय दिएको छ ।

मन्त्रालय भागबण्डाको टुंगो लागेपछि अध्यक्ष नेपाल पार्टीबाट क–कसलाई सरकारमा पठाउने भनेर आइतबार बेलुकादेखि नै आन्तरिक छलफलमा जुटेका थिए । सोमबार साँझसम्म उनले ६ जनाकै नाम टुंगो लगाएका हुन् ।

नेपालले विरोध खतिवडाको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउँदैछन् । खतिवडासँगै प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र किसान श्रेष्ठको नाम तय भएको छ ।

केपी ओलीको मन्त्रिमण्डलमा वनमन्त्री रहेका प्रेम प्रसाद आलेले ओली समूहबाट विद्रोह गरेर ८ संसादसहित माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएकाले यसको उच्च कदर गर्दै आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी चलीरहेको स्रोतले जनाएको छ ।