शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

मंगलबार, असोज १२ २०७८

काठमाडौँ l बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले खोटाङ जन्तेढुङ्गा गा पा. वडा नं.३ घर भई हाल काठमाडौं जिल्ला कपन बालुवाखानी बस्ने वर्ष २६ को प्रतिवादी खगेन्द्र खत्रीलाई आज मंंगलबार काठमाडौबाट पक्राउ गरेको जानकारी दिएको छ ।

सिआईबीका अनुसार खत्रीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी ग्लोबल आई.एम.ई बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबा २०७७ पुस २८ प्रतिवादी खत्रीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद र १० लाख ६५ हजार नौ सय रुपैयाँ जरिवाना ठहर भई फरार ठहर भएकोमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले निज प्रतिबादीलाई बालुवाखानी, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सिआईबीले जनाएको छ ।