बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल निर्वाचित

मंगलबार, असोज १२ २०७८

काठमाडौँ l प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन्। सोनाल ९ मत ल्याएर संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।  

सोमवार दिउँसोदेखि चलेको बैठकमा सर्वसम्मतले संसदिय दलको नेता चयन गर्ने प्रयास सफल हुन नसकेपछि शीर्ष नेतृत्वको उपस्थितिमा अबेर राति भएको मतदानबाट सोनल दलको नेतामा निर्वाचित भएका हुन्।

प्रतिस्पर्थी प्रदेश सांसद उपेन्द्र महतोले ६ मत ल्याए। त्यस्तै एक मत बदर भएको थियो। प्रदेश २ मा लोसपाका १६ जना प्रदेश सभा सदस्यहरु रहेका छन्।