काठमाडौँ l गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेड (GLBSL) ले आर्थिक बर्ष २०७७/७८ सम्मको संचित मुनाफाबाट १६.९१% बोनस शेयर र ०.८९% नगद लाभांश (कर प्रायोजनको लागि) दिने भएको छ। संचालक समितिको मिति २०७८ साल असोज १० गते आइतबार साँझ ५ बजे बसेको १०२औँ बैठकले सो सम्बन्धी निर्णय गरेको हो।
लघुवित्तले हाल कायम चुक्ता पूँजी रु. ८ करोड ३४ लाख को १६.९०६४७४५% ले हुने रकम रु. १ करोड ४१ लाख बराबरको बोनस शेयर र ०.८८९८१४४% ले हुने रकम रु.७ लाख ४२ हजार १०५ नगद लाभांश (बोनस शेयर बापत लाग्ने कर प्रायोजनको लागि) दिने प्रस्ताव गरेको छ।
उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्च्यात साधारण सभाको छलफलमा समावेश गरिने छ। वार्षिक साधारण सभाबाट स्वीकृति भएपछी मात्र शेयरधनीले लाभांशका लागि दाबी गर्न पाउनेछन्।