बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कुमारी बैंकको लाभांश प्रस्ताव, बोनस-नगद कति ?

मंगलबार, असोज १२ २०७८

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । बैंकको हिजो बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट शेयरधनीलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकले आफ्ना शेयरधनीलाई हाल कायम चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनस शेयर र करसमेत २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रहेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी बार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।