शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नियन्त्रित लागूऔषध सहित पक्राउ

मंगलबार, असोज १२ २०७८

काठमाडौं l चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट ४ सय ५९ एम्पुल नाईट्रोभेट सहित सिन्धुली मरिण गाउँपालिका–७ बस्ने २१ वर्षीय युवराज लाखेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ९५५ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।