शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

६६औं प्रहरी दिवस २०७८ को अवसरमा मृगौला रोगको आधारभूत जाँच कार्यक्रम सम्पन्न

मंगलबार, असोज १२ २०७८

काठमाडौं l ६६औं प्रहरी दिवस २०७८ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित मृगौला रोगको आधारभूत जाँच कार्यक्रममा कूल ८ सय २६ जनाको मृगौला जाँच गरिएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा. दिवा शर्मा रानाको नेतृत्वमा १३ जना चिकित्सक सहितको टोलीले  उक्त प्रतिष्ठान एवं नेपाल प्रहरी संगीत विद्यालय समाखुशीमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरू समेत ६ सय ४४ जना पुरुष र १ सय ८२ जना महिला गरी जम्मा ८ सय २६ जनाको आधारभुत मृगौला जाँच गरेको हो । 

नेपाल प्रहरी अस्पताल महाराजगंजद्वारा आयोजित उक्त कार्यक्रममा सोही अस्पतालकी प्रहरी उपरीक्षक डा. दिवा शर्माले मृगौला रोग तथा यसको उपचार साथै रोग सम्बन्धी अपनाउनुपर्ने सावधानीहरु सम्बन्धी चेतनामूलक डकुमेन्ट्री प्रस्तुतीकरण गर्नुभएको थियो ।