काठमाडौँ l नेप्से उच्च अंकले घटेको छ । आज सोमबार नेप्से एकैदिन ७३ दसमलव पाँच अंकले घटेर २६ सय ८५ दसमलव ४१ अंकमा पुग्दा सेन्सिटिभ पनि १२ दसमलव ९४ अंकले घटेर पाँच सय छ दसमलव ३३ अंकमा झरेको छ ।
दुई सय २७ वटा कम्पनीह्रुको ६७ हजार पाँच सय ८७ पटकको कारोवारमा एक करोड चार लाख ७८ हजार ६८ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम पाँच अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ रुपैयाँ पुगेको छ ।
१३ वटा समुहको कारोवार हुंदाा आज १३ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४४ दसमलव आठ अंकले घटेर १९ सय पाँच दसमलव ७४ अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि ८० दसमलव ६१ अंकले घटेर दुई हजार नौ सय २२ दसमलव ६१ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मनकामना स्र्माट लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुडविल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ ।