काठमाडौँ l काठमाडौं महानगरपालिका–१६ माछापोखरी बसन्तनगरस्थित गेष्ट हाउसको कोठामा सोही महानगरपालिका–१६ बोहोटार बस्ने नुवाकोट बिदुर नगरपालिका–१० घर भएका ५५ वर्षीया संतुमाया डंगोल आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित कोठामा ललितपुर महाकाल गाउँपालिका–४ स्थित गुम्बामा पढ्न बसेका मकवानपुर राक्सिराङ गाउँपालिका–३ घर भएका १६ वर्षीय पेलसाङ लामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
ताप्लेजुङ, मेरिङदेन गाउँपालिका–१ महबुङस्थित मैवाखोलाको बगरमा सोही गाउँपालिका–२ बस्ने ५१ वर्षीय टेक बहादुर लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।