बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१८ वर्षमाथिका सबैलाई आजदेखी खोप दिइँदै, यी हुन् खोप केन्द्रहरु

सोमबार, असोज ११ २०७८

काठमाडौँ । काठमाडौं जिल्लामा आज (सोमबार) बाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।

तीन दिनसम्म चल्ने खोप कार्यक्रम अन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिएका छन् ।

खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
हेर्नुस् सूचना

1-11.jpg