बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ताप्लेजुङ्ग कांग्रेसमा को को आए ?

सोमबार, असोज ११ २०७८

काठमाडौं । नेपाली कांग्रेसले ताप्लेजुङ्गका सबै पालिकामा नेतृत्व चयन गरेको छ । एक नगरपालिकासहित नौ स्थानीय तहमा निर्वाचन र अन्यमा सहमतिमा नेतृत्व चयन गरेको हो ।
 
फुङलिङ नगरपालिकामा सुरेस सिङ्घक सभापतिमा निर्वाचित भएको कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ ।

यसैगरी सिरिजङ्घामा लालकृष्ण चौहान, सिदिङ्वामा प्रदीप राई, मिक्वाखोलामा पञ्च थलङ र मेरिङ्देन गाउँपालिकामा जयबहादुर खड्का सभापतिमा निर्वाचित भएका छन् ।

यस्तै पाथीभरा याङ्वरकमा राम थेबे, आठराई त्रिवेणीमा विश्व सिटौला, फक्ताङलुङमा भद्र बोखिम र मैवाखोला गाउँपालिकामा खगेन्द्र थक्लुङ सभापतिमा चयन भएका छन् ।