काठमाडौं । आइपिएल क्रिकेटमा चेन्नई सुपर किंग्स लिग अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोलकाता नाइट राइडर्सलाई दुई विकेटले हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।
जितका लागि कोलकाताले दिएको एक सय ७२ रनको लक्ष्य चेन्नईले आठ विकेट गुमाएर पुरा गरेको छ ।
यस्तै दिनको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई ५४ रनले हराएको छ । मुम्बईले जितका लागि पाएको एक सय ६६ रनको लक्ष्य भेट्याउने क्रममा एक सय ११ रनमै समेटियो । जितपछि बैंग्लोर लिग अंकतालिकामा तेस्रो स्थानमा छ ।