बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

सोमबार, असोज ११ २०७८

काठमाडौँ l कागेश्वरी मनोहरा नगरपालिका–१ ठुलाढिक डेरा गरी बस्ने खोटाङ खोटिह्याङ गाउँपालिका–८ घर भएका बीरेन तामाङको कोठमा तास खेलिरहेका अवस्थामा तामाङ सहित ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

तमाङले आफ्नै कोठमा जुवातास खेलाईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७ हजार १ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।