काठमाडौँ l चोरी पैठारी गरी ल्याएको विभिन्न कम्पनीका ६१ थान मोबाइल सहित २ जनालाई काठमाडौं बल्खुबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं शंखमुल बस्ने महोत्तरी बर्दिबास नगरपालिका–१४ बस्ने २१ वर्षीय आकाश कार्की र काठमाडौं महानगरपालिका–३१ जडिबुटी बस्ने महोत्तरी बर्दिबास नगरपालिका–१४ बस्ने २१ वर्षीय अमित कुमार महत्तो रहेका छन् ।
भारतबाट मोबाइल लगायतका सरसामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।