काठमाडौँ l कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका ३ स्थित लक्ष्मीनगरबाट असोज ८ गते सशस्त्र प्रहरीले करीव ६ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, घडी तथा बडी स्प्रे बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको छ ।
यसैगरी सर्लाही जिल्लाको बरहथहवा नगरपालिका ९ स्थित पुरैनियाबाट असोज ७ गते सशस्त्र प्रहरीले करीव २ लाख ६९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मनुषमाराबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला सशस्त्र प्रहरीले एक थान मोटरसाईकल समेत बरामद गरेको छ ।
बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ ।