बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध रुपमा ल्याएको सामानहरू बरामद

सोमबार, असोज ११ २०७८

काठमाडौँ l सिरहाको सिरहा नगरपालिका–१६ दुर्गा मन्दिरस्थित मोहन कुमार यादवको घरमा अवैध रुपमा भारतबाट भन्सार छलि ल्याई राखेको करिब १५ लाख रुपैयाँ मूल्य बराबरको किराना सामानहरू आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

उक्त घरमा भन्सार चोरी पैठारी गरी ल्याएको किराना सामानहरु राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय माडर, विओपी माडर र भन्सार कार्यालयका प्रमुख सहितको संयुक्त टोलीले तलासी गर्दा उक्त मूल्य बराबरको सामान फेला पारी बरामद गरेको हो । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ नौडिहवाबाट लु.९ प ५७१३ नम्बरको मोटरसाइकलमा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको मोटरसाइकल सहित करिब ८ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको विभिन्न कपडाहरू आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्त उक्त सामान र मोटरसाइकल छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । 
बरामद सामानहरू भन्सार कार्यालयमा बुझाउनुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।