काठमाडौँ l नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैैंकले जानकारी दिएको छ ।
असोज चार गते पनि राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । उक्त ट्रेजरी मध्ये ९१ दिने अवधिको नौ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको तीन अर्ब रुपैयाँको रहेको छ ।
ति मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ पुस १३ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ चैत १५ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।