बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेमा ६१.२७ अंकको गिरावट, साढे ६ अर्बको कारोबार

आइतबार, असोज १० २०७८

काठमाडौँ l नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ६१ दसमलव २७ अंकले घटेर २७ सय ५८ दसमलव ४८ अंकमा पुग्दा सेन्सिटिभ १० दसमलव सात अंकले घटेर पाँच सय १९ दसमलव ३६ अंकमा झरेको छ ।

दुई सय ३३ वटा कम्पनीहरुको ७३ हजार छ सय ९३ पटकको कारोवारमा एक करोड ४४ लाख ९४ हजार दुई सय ६० कित्ता सेयर किनबेच भएको छ भने कुल सेयर कारोवार रकम छ अर्ब ५० करोड एक लाख १७ हजार सात सय ८० रुपैयाँ पुगेको छ । 

१३ वटा समुहको हुंदा आज सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहको सुचक उच्च अंकले घटेका छन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १८ दसमलव २९ अंकले घटेर १९ सय ४९ दसमलव ८३ अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि एक सय ३५ दसमलव तीन अंकले घटेर तीन हजार तीन दसमलव ५१ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहरुको सुचक पनि घटेका छन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मनकामना स्र्माट लघुबित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने पहिलो स्थानमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।