काठमाडौं । गत शुक्रबार कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट लाभांश घोषणा गरेको छ ।
आइतबार लाभांश घोषणा गरेसँगै सर्वाधिक रू. १० करोड २१ लाख ९१ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७०४ मा कारोबार भएको छ । कम्पनीले आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश गरेर कुल १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।