आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कपनको ढलमा खसेर बेपत्ता भएका बालकको शव ६ दिनपछि भेटियो

आइतबार, असोज १० २०७८

काठमाडौं । काठमाडौंको कपनमा ६ दिन अघि ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ ।

गत मंगलबार बेलुका बूढानीलकण्ठ नगरपालिका १० र काठमाडौं महानगरपालिका ६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर बेपत्ता भएका १० वर्षिय बालकको शव ललितपुरमा भेटिएको हो ।

प्रहरीका अनुसार १० वर्षिय उज्वल विकको शव  महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा   फेला परेको हो ।