काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले सनराइजर्स हैदराबादलाई ५ रनले हराएको छ । सारजाहमा भएको खेलमा पञ्जाबले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।
पञ्जाब अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ९ खेलमा २ अङ्क जोडेको हैदराबाद पुछारमा छ । आईपीएलमा हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल्स अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली १० खेलमा १६ अङ्कका साथ शीर्षस्थानमा छ ।
दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्ग्सको ९ खेलमा १४ अङ्क छ ।