काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । कीर्तिपुर मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोज खेल्दैछन् । विराटनगर र चितवनबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।
विराटनगर कप्तान करण केसीको नेतृत्वमा मैदान उत्रदै छ भने चितवनले सोमपाल कामीको नेतृत्व पाएको छ । यस्तै भैरहवा र पोखराबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।
भैरहवामा शरद भेषवाकर र पोखरामा विनोद भण्डारी कप्तान रहेका छन् । ईपीएलमा हिजो भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले हराउँदै काठमाण्डौ किङ्स इलाभेनले विजयी सुरुवात गरेको छ ।