शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सानिमा बैंकको शाखा बिराटनगरको कञ्चनबारीमा 

आइतबार, असोज १० २०७८

काठमाडौँ l सानिमा बैंकले बिराटनगरको कञ्चनबारीमा पनि शाखा खोलेको छ । बैकका अनुसार उक्त शाखाको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्तरुपमा गरेका हुन ।

समुद्घाटन् समारोहमा मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंककोरुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १०६ कार्यालय र ९६ वटा ए.टि.एम. संचालनमा रहेकाछन् ।