शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कामना सेवाको के.एस डिजी डिजिटल वालेट सेवा सञ्चालनमा 

आइतबार, असोज १० २०७८

काठमाडौँ l कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ ।  

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपलोड गरी के.एस डिजी डिजिटल वालेट खोल्न सक्नुहुनेछ । 

हिजो एक कार्यक्रमका बिच बैंकका प्रमुख  कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गर्नुभएको हो । यस डिजिटल वालेट खोल्न एपमा अनुुहार पहिचान गर्न सक्ने आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग भएको छ ।  साथै, एकाउन्ट ओपनिङ लोन एप्लीकेशन, इन्टर अपरेवल क्युआर एम क्यास लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैकंले आफुलाई डिजिटल बैंकिङ सेवाहरुमा अब्वल बैंकको रुपमा स्थापित गर्ने उदेश्य रहेको छ ।