काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष ०७६/ ७७ को मुनाफाबाट १५ दशमलव ८७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्तावित यो लाभांश विमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरणयोग्य हुनेछ ।