बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

घोडीघोडा लघुवित्तको विशेष साधारण सभा, के छ एजेण्डा ?

शनिबार, असोज ९ २०७८

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा असोज १६ गते बोलाएको छ ।

कम्पनीले सभा बिहान ११ बजे कैलालीको धनगढीस्थित होटल रुबस बैयाबेहडीमा हुने जानकारी दिएको छ ।सभाले यस घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने / गाभिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

सभाले घोडीघोडा लघुवित्तको १०० कित्ता शेयर बराबर युनिक नेपालको ५० कित्ता शेयर अनुपातमा मर्जर हुने प्रस्ताव पनि पारित गर्नेछ । घोडीघोडा लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म पनि सर्वसाधारणमा शेयर निष्कासन गरेको छैन ।

ती दुई कम्पनी बीच गत कात्तिक २१ गते मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । घोडीघोडा लघुवित्त र  युनिक नेपाल लघुवित्त एक आपसमा मर्ज हुने सहमति भएसँगै गत कात्तिक २३ गतेदेखि घोडीघोडा लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ ।