बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कामना सेवा विकास बैंकको १९.४७५ लाभांश घोषणा

शनिबार, असोज ९ २०७८

काठमाडौं । कामना सेवा बैंक लिमिटेडले  गत वर्षको सञ्चित नाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/ ७८ को सञ्चित नाफाबाट १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले यस वर्ष १८ दशमलव ५० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि शून्य  दशमलव ९७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिले गरेको यो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

हाल कम्पनीको २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१ रुपैयाँ चुक्तापूँजी रहेको छ । सोही पूँजीको आधारमा  कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

kamana_notice.jpg