काठमाडौं । अछामको ढकारी गाउँपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । पानीमा डुबेर ढकारी गाउँपालिका १ डाँडाघरेलका चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुर बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढकारीले जनाएको छ ।
चित्रे खोलामा नुहाउने क्रममा पानीमा डुबेर बालकको मृत्यु भएको प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले जानकारी दिनुभयो ।
स्थानीय अमरे बुढाले भैँसीलाई पानी खुवाउने क्रममा पानीमुनि तैरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।