काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट ९आईपीएल० टी(ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको छ । शारजाहमा गएराति भएको खेलमा चेन्नईले बैंगलोरलाई ६ विकेटले हराएको हो ।
बैंगलोरले दिएको १ सय ५७ रनको लक्ष्य चेन्नईले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ३८ रन जोड्दा अम्बाती रायाडुले ३२ रन जोडे । फाप डु प्लेसिसले ३१ रन जोड्दा मोइन अलीले २३ रन बनाए । सुरेश रैना १७ रनमा अविजित रहदा कप्तान महेन्द्र सिंह धोनी ११ रनमा अविजित रहे ।
बैंगलोरका हर्सल पटेलले २ विकेट लिए । युजभेन्द्र चहल र ग्लेन म्याक्सवेलले १र१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । बैंगलोरका लागि देवदत्त पडिकलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान विराट कोहलीले ५३ रनको अर्धशतकीय इनिङ्स खेले।
जितसँगै चेन्नईले ९ खेलमा १४ अंक जोडेको छ । चेन्नई शीर्ष स्थानमा उक्लिएको छ ।
बैंगलोर ९ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।