बैंकलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता
काठमाडौँ l भारतको पञ्जाव नेशनल बैंक समेतको २० प्रतिसत सेयर स्वामित्व रहेको एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा सुदेश खालिङ नियुक्त भएका छन । बैंकका अनुसार नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खालिङले आज शुक्रबार नै पदभार ग्रहण गरेकाछन ।
नेपाली बैंकिङ क्षेत्रमा ३३ बर्षको अनुभव संगालेका खालिङ चार बर्ष कार्यकालको लागि एभरेष्ट बैंकमा प्रमुख कार्यकारी नियुक्त भएका हुन । नेपाली बैंकिङ क्षेत्रमा कुशल बैंकरको रुपमा चिनिंदै आएका खालिङ यसअघि लक्ष्मी बैंकमा पनि प्रमुख कार्यकारी रहेका थिए । त्यसअघि खालिङले स्टान्र्डड चार्टड बैंकमा समेत लामो समय कायम गरेका थिए । खालिङ एभरेष्ट बैंकमा नियुक्त भएका पहिलो प्रमुख कार्यकारी अधिकृत हुन ।
एभरेष्टमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएसंगै खालिङले यसअघि एभरेष्टमा बिदेशी मुलकका नागरिक मात्र प्रमुख कार्यकारी रहेकोमा यो रेकर्ड तोडेकाछन । उनले प्रमुख कार्यकारीको रुपमा पदभार ग्रहण गर्दे बैंकलाई अझ नयाँ उचाईमा पुर्याउने प्रविद्धता समेत व्यक्त गरेकाछन । बैंकले आर्थिक बर्ष २०७७–०७८ मा एक अर्ब ८२ करोड ८२ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब ५१ करोड ६२ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी आठ अर्ब ९३ करोड ३७ लाख १७ हजार रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब ६० अर्ब २२ करोड दुई लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ६८ करोड १५ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ९६ करोड दुई लाख एक हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव १२ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा तीन दसमलव २४ प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने दुुई अर्ब ३६ करोड ४९ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४३ अर्ब ५४ करोड ५४ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १२ अर्ब २१ करोड १७ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ३१ करोड चार लाख १० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव २२ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दसमलव ५९ प्रतिसत रहेको थियो ।