शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आईपीएलमा केकेआरद्वारा मुम्बई इण्डियन्स पराजित,जीतसगै कोलकता चौथो स्थानमा

शुक्रबार, असोज ८ २०७८

काठमाडौं । ईन्डियन प्रिमियर लिग, आईपीएल, टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा कोलकत्ताले साविक विजेता मुम्बईलाई ७ विकेटले हराएको हो।

मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकत्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले । यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डी ककले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

जितसँगै ९ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा उक्लिएको छ । छैटौं स्थानको मुम्बईले ९ खेलमा ८ अंक जोडेको छ।