बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको हरियो केराउ बरामद  

शुक्रबार, असोज ८ २०७८

कपिलवस्तु l अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २७ लाख रुपैयाँ मूल्य बराबरको २ सय २५ क्विन्टल हरियो केराउ बुधबार प्रहरीले बरामद गरेको छ । 

कृष्णनगर नगरपालिका–२ गल्लामण्डी र सोही नगरपालिका–१ स्थित कृष्णनगर चन्द्रौटास्थित सडक हुँदै ६ वटा ट्रकमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त केराउ फेला पारी ईलाका प्रहरी कार्यालय कृष्णनगर र बोडर आउट पोष्ट कृष्णनगरबाट खटिएको प्रहरीले ट्रक सहित बरामद गरेको हो ।

बरामद ट्रक तथा हरियो केराउ आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।