काठमाडौँ l नेप्से झिनो अंकले बढेको छ । आज बिहिबार नेप्से दुई दसमलव सात अंकले बढेर २८ सय १९ दसमलव ६५ अंकमा पुग्दा सेन्सिटिभ एक दसमलव ९३ अंकले बढेर पाँच सय ३० दसमलव दुई अंंकमा चढेको छ ।
आज दुई सय २८ वटा कम्पनीहरुको ८७ हजार आठ सय १० पटकको कारोवारमा एक करोड ५७ लाख १४ हजार दुई सय ६६ कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार भएकोमा ११ वटा समुहको सुचक घटेर दुई वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४७ दसमलव ३७ अंकले बढेर एक हजार नौ सय ६८ दसमलव १२ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि बढेको छ ।
बिकास बैंक समुहको सुचक भने ८० दसमलव ४४ अंकले घटेर पाँच हजार दुई सय २७ दसमलव ८६ अंकमा झरेकोमा जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा मनकामना स्र्माट लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा माउन्टेन हाईड्रो पावर कम्पनी लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सानिमा बैंक परेको छ ।