शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेकपा समाजवादीको पदाधिकारी बाँडफाँड टुंगियो , महासचिवमा भुसाल

बिहिबार, असोज ७ २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारीको टुङ्गो लगाएको छ । चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिनुभयो । उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् ।

यस्तै, महासचिवमा  बेदुराम भुसाल र उपमहासचिवमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल चयन  भएका छन् । सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्रीलाई  चयन गरिएको छ ।

सचिवालयले टुङ्गो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिने छ ।  

नेकपा  समाजवादीको वरिष्ठ नेतामा झलनाथ खनाललाई राखिएको छ ।  
नेकपा समाजवादीको स्थायी कमिटी ३१ सदस्य रहने छ ।  

पोलिटव्युरो पनि आजै घोषणा गरिने बताइएको छ ।