आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैतडीमा एक व्यवसायी मृत भेटिए, हत्याको आशंका

बिहिबार, असोज ७ २०७८

काठमाडौं । बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाण्डौंमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् ।  महरा पसल अगाडी मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महराको टाउको, छाती र शरीरका अन्य भागमा घाउ रहेकाले उनको हत्या गरिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीको नेतृत्वको टोली घटनास्थलमा गएको छ ।  

स्थानीयवासीले घटनाको छानबिन गर्न माग गरेका छन् ।