काठमाडौँ l राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २३औं समूहको हलुका सवारी चालक तालिम सुरु भएको छ ।
सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई.नरोत्तम लाल प्रधानले बुधबार आयोजित कार्यक्रममा उक्त तालिम उद्घाटन गर्नुभयो ।
सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले सवारी साधनमा समय सापेक्ष रुपमा परिवर्तन हुने प्रविधिको बारेमा तालिम दिलाइ योग्य र दक्ष चालक उत्पादन गर्ने संगठनको उद्देश्य भएकाले तालिमको अवधिमा प्रदान गरिएको सीप अनुशासित, इमान्दारीपूर्वक, लगनशिल र मेहनतका साथ हासिल गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी हवल्दार १ जना र प्रहरी जवान ४१ जना गरी जम्मा ४२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।