आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पहिरोमा पुरिएर तीन जनाको मृत्यु तथा सडक अवरोध 

बुधबार, असोज ६ २०७८

काठमाडौँ l गुल्मीको रेशुङ्गा नगरपालिका–८ थुम्का लाईन बस्ने तिलक परियारको पक्की घरमा गएराति पहिरो जाँदा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तिलककी छोरीहरु २१ वर्षीया भावना परियार, १४ वर्षीया गंगा परियार र जमुना परियार रहेका छन् ।

उनको घरमा पहिरो जाँदा ३ जना व्यक्तिहरु पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले स्थानीय र नेपाली सेनाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको हो । 

चितवन, ईच्छाकामना गाउँपालिका–४ घोप्टे भिरमा मंगलबार राति पहिरो जाँदा पृथ्वी राजमार्ग अवरोध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ हुनासाथ ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।