बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एक सय चार अंकले बढ्यो नेप्से, सबै सुचक हरियो

बुधबार, असोज ६ २०७८

काठमाडौँ l नेप्से उच्च अंकले बढेको छ । आज बुधबार नेप्से एक सय चार दसमलव ८८ अंकले बढेर २८ सय १६ दसमलव ९५ अंकमा चढेकोमा सेन्सिटिभ पनि १९ दसमलव ४७ अंकले बढेर पाँच सय २८ दसमलव १० अंकमा चढेको छ ।

दुई सय १७ वटा कम्पनीहरुको ७२ हजार सात सय १४ पटकको कारोवारमा एक करोड २१ लाख २२ हजार दुई सय ९८ कित्ता सेयर किनबेच भएका छन भने कुल सेयर कारोवार रकम छ अर्ब १७ करोड ९३ लाख एक सय ५८ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक बढेर हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ६० दसमलव ९२ अंकले बढेर एक हजार नौ सय २० दसमलव ७५ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि एक सय ६९ दसमलव ४४ अंकले बढेर तीन हजार दुई सय १० दसमलव ४७ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बेष्ट फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा मञ्जुश्री फाईनान्सको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवारका आधारमा भने पहिलो स्थानमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।