काठमाडौं । बुधवार बजार खुलेसंगै लगानीकर्तामा उसाह छाएको छ l बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १०४ दशमलव ८८ अंक अर्थात् ३ दशमलव ८७ प्रतिशत वृद्धि भएको छ ।
परिसूचक २ हजार ८१६ दशमलव ९५ विन्दुमा पुगेको छ । यस अवधिमा कारोबारमा आएका २१४ ओटा कम्पनीमध्ये १८ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
प्रिमियर इन्स्योरेन्स,वेष्ट फाइनान्स,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स,आइसीएफसी फाइनान्स,कर्पोरेट डेभलपमेण्ट बैंक,मल्टीपर्पस फाइनान्स,सिन्धु विकास बैंक,रिलायन्स फाइनान्स,दिब्यश्वरी हाइड्रोपावर,युनिभर्सल पावर कम्पनी,युनियन हाइड्रोपावर,हिमाल दोलखा हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसैगरी लिवर्टी इनर्जी,मनकामना स्मार्ट लघुवित्त,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स,पन्चकन्या माई हाइड्रोपावर,माउण्टेन हाइड्रो नेपाल र शाइन रेसुङगा डेभलपमेण्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बुधवार सकारात्मक सर्किट लागेका कम्पनीहरु

