काठमाडौँ l एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको पहिलो खेलमा काठमाडौँ किङ्स–११ ले ललितपुर प्याट्रिओट्सलाई पराजित गरेको छ।
उद्धघाटन खेलमा शनिवार काठमाडौँले साबिक विजेता ललितपुर प्याट्रियट्र्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्यो । ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौँले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौँको जितमा रायन ब्रुल र रहमानउल्लाह गुर्बाजले अर्धशतकीय इनिङ्स खेले । रायनले अविजित रहदै ७३ रन जोडे । उनले ३४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए । यस्तै, राजु रिजाल १९ रनमा अविजित रहे । अमित श्रेष्ठ ४ तथा सुवास खकुरेल सुन्य रनमा आउट भए ।
ललितपुरका पवन सर्राफले १ विकेट लिए । यसअघि टियु क्रिकेट मैदानमा शनिबार टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धाारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो ।
ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो बलमै कप्तान कुशल भुर्तेललाई सुन्य रनमा गुमाएको ललितपुरका लागि पवनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोड्दा शंकर रानाले १४ रन बनाए । भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले अविजित १७ रन जोड्दा नारायण जोशीले १२ रन बनाए ।
ओशाडा फर्नान्डो ४ रन संदन विराकोडे २ तथा राशिद खान १ रनमा आउट भए । ललित राजवंशी शुन्य रनमा अविजित रहे ।
काठमाडौँका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन ब्रुल र गुलशन झाले २/२ विकेट लिए । कप्तान सन्दीप लामिछाने र शाहिद अफ्रिदीले विकेट लिन सकेनन् ।ईपीएल प्रालीको आयोजनामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । सिंगल राउण्ड रोविनको खेलहरु भएपछि क्वालिफायर हुँदै फाइल हुनेछ ।
५० लाख पुरस्कार र ईपीएलको आकर्षक ट्रफीका लागि साविक विजेता ललितपुर प्याट्रिओट्ससहित, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किंग्स-११, चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।