काठमाडौं । ईन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट आईपीएलमा राजस्थान रोयलले पन्जाब किङ्सविरुद्ध २ रनको रोमान्चक जित निकालेको छ ।
गएराति अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो । तर, राजस्थानका बलर कार्तिक त्यागीले अन्तिम ओभरमा १ रन मात्रै खर्चिएर २ विकेट लिएपछि पन्जाब जितबाट बन्चित भयो ।
यसअघि पहिले व्याटिङ गरेको राजस्थानले १ सय ८६ रनको लक्ष्य दिएको थियो । जवाफमा पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रनमात्रै बनायो ।
जितसँगै राजस्थानले ८ खेलमा ८ अंक जोडेको छ । राजस्थान पाँचौं स्थानमा रहेको छ । सातौं स्थानको पन्जाबले ९ खेलमा ६ अंक जोडेको छ ।