काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले पद छाड्ने घोषणा गरेका छन् ।
भारतीय क्रिकेट टिमका कप्तान समेत रहेका कोहलीले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।
सन् २०१३ बाट बैंगलोरको कप्तान रहेका कोहलीले आईपीएलको यस सिजनको समाप्तिसँगै कप्तानी छाड्ने बताएका छन् । कोहलीको कप्तानीमा बैंगलोरले १ सय ३२ खेलमा ६२ जित निकालेको छ । ६६ खेलमा पराजित हुँदा ४ खेल नतिजा विहीन सकिएको छ । कोहलीले गत साता भारतको टी–ट्वान्टी टिमको कप्तानी पनि छाड्ने घोषणा गरेका थिए ।
कोहलीमाथि दोहोरो पदमा बसेर फाइदा उठाएको आरोप लाग्दै आएको थियो । कोहलीले बिसिसीआईको नियम उलंघन गरेको र एक पद त्याग्नुपर्ने आवाज उठिरहेको थियो ।