शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आईपीएलमा साविक विजेता मुम्बई २० रनले पराजित , जितसँगै चेन्नई शीर्ष स्थानमा

सोमबार, असोज ४ २०७८

काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई हराएको छ ।

दुबईमा गएराति चेन्नईले साविक विजेता मुम्बईलाई २० रनले हराएको हो । चेन्नईले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि सौरभ तिवारीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै क्विन्टन डी ककले १७ रन जोड्दा अनमोलप्रित सिंहले १६ रन जोडे । यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । चेन्नईका रुतुराज गायकवाडले अविजित रहदै ८८ रनको अर्धशतकीय इनिङ्स खेल्दा रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रनको योगदान दिए ।

जितसँगै ८ खेलमा १२ अंक जोडेको चेन्नई शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । चेन्नई र मुम्बईको खेलसँगै कोरोना भाईरसको कारण स्थगित आईपीएलको बाँकी खेल सुरु भएको छ । आईपीएलमा अब ३० खेलहरु बाँकी रहेको छ ।

फाइनल खेल अक्टोबर १५ मा हुनेछ।